३० आश्विन २०८३, शुक्रबार

एमाले नेता नेपाललाई अन्तर्राष्ट्रिय अवार्ड

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Madhav-Nepal

काठमाडौं, १७ माघ । पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका नेता माधवकुमार नेपालले अन्तर्राष्ट्रिय अवार्ड पाउनुभएको छ ।

युनिभर्सल पिस फाउण्डेशनको एसिया प्यासिफिक क्षेत्रीय सम्मेलनमा “लिडरशिप तथा गुड गभर्नेन्स अवार्ड”द्वारा उहाँलाई सम्मान गरिएको हो ।

फिलिपिन्सको मनिलास्थित मनिला होटलमा “ एसिया प्यासिफिक क्षेत्र, शान्ति, सुशासन र मानव विकासतर्फ” भन्ने मुख्य नाराका साथ आयोजित उक्त सम्मेलनको उद्घाटन सत्रमा पूर्व प्रधानमन्त्री नेपालले “एसिया प्यासिफिक क्षेत्रमा दिगोशान्ति र विकासका नयाँ आयामहरु” विषयमा आफ्नो मन्तव्य समेत प्रस्तुत गर्नुभएको थियो ।