३० आश्विन २०८३, शुक्रबार

यस्तो छ ओलीले जातीय राज्य नमान्नुको कारण

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

KP-Oli

काठमाडौँ, १६ माघ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लिएको अडानले ‘हाइ-हाइ’ कमाइरहेका छन् । आखिर किन ओलीले जातीय राज्य नमान्ने अडान लिए त ? शुक्रबार एक कार्यक्रममा ओलीले यसको प्रष्टीकरण दिएका छन् ।

प्रगतिशील प्राध्यापक संघको नवौँ राष्ट्रिय सम्मेलनको ओलीले भने, बहुजाति, बहुभाषी रहेको मुलुकमा जातीय राज्य निर्माण गर्दा सबै जातिलाई सहभागी गराउन नसक्ने हुनाले थप समस्या उत्पन्न हुन्छ, त्यसैले पार्टीले जातीय राज्य हुनु हुनु हुँदैन भन्ने अडान लिएको हो । अध्यक्ष ओलीले जातीय रुपमा कित्ताकाट गर्न नहुने विचार राखेका थिए ।

संविधान लेखनको प्रक्रियासँगसँगै सहमतिको प्रयास पनि जारी रहने ओलीको कथन थियो । हरेक दिन सहमतिको प्रयास गर्दा पनि सहमति नभएपछि प्रक्रिया अगाडि बढाएको र प्रक्रिया अघि बढे पनि सहमति प्रयास भइरहने ओलीले बताए ।

अध्यक्ष ओलीले सहमतिका नाममा मुलुकलाई अनिर्णयको बन्दी बनाउन नहुने भन्दै जनताको मत र राष्ट्रको भलाइका लागि संविधान लेख्नुपर्नेमा जोड दिए ।