३० आश्विन २०८३, शुक्रबार

मिसेल ओबामाले साउदीमा स्कार्फ नलगाउँदा…

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Michelle-Obamaसाउदीअरब । भारतको ६७ औं गणतन्त्र दिवसका अवसरमा दक्षिण एसिया आएका अमेरिकी राष्ट्रपति बराक ओबामा पत्नि प्रथम महिला मिसेल ओबामाले साउदी अरेबीयाको नियम पालना गरिनन् ।

राष्ट्रपति बाराक ओबामासंगै साउदी अरेबिया गएकी मिसेलले नियम पालना नगर्दा उनको साउदीमा व्यापक आलोचना भएको छ।
महिलाहरुले साउदीमा टाउको छोप्ने स्कार्फ लगाउन नियम मिसेलले पालना नगर्दा सामाजिक सञ्जालमा विरोध समेत भएको छ ।

अहिले ‘मिसेल ओबामा विथ नो हेडस्कार्फ’ स्टेटस साउदीका ट्वीटर प्रयोगकर्तामाझ चर्चित बनेको छ। मिसेलले सन् २०१० मा मलेसिया भ्रमण गर्दा हेडस्कार्फ लगाएकी थिइन् । तर साउदीमा हेडस्कार्फ नलगाएको भन्दै ट्वीटर प्रयोगकर्ताले प्रश्न समेत गरेका छन्।

साउदी अरेबियामा मुस्लिम धर्मको देश भएकाले सबै महिलाले सार्वजनिक स्थानमा हेडस्कार्फ अर्थात टाउको लुकाउछन् ।