३० आश्विन २०८३, शुक्रबार

संविधानसभाको नाराबाजीलाई लिएर एमाओवादी भित्रै असन्तुष्टि

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Maobadi-Prachanda-Baburam-Narayankaji

काठमाडौ, १५ माघ । संविधानसभाको प्रक्रिया बहिष्कार गरी सदन र सडक तताइरहेको बेला एमाओवादी भित्र भने असन्तुष्टिको आगो लागेको छ ।

पार्टीको गतिविधिबाट १० वर्षे जनयूद्ध गरेर हजारौँ नेपालीको प्राणको आहुती गराएर ल्याएको संविधानसभाकै हत्या हुने अवस्थामा पुगेको भन्दै एमाओवादीका नेताहरु असन्तुष्ट बनेका हुन् । पार्टीको नेतृत्वमा भइरहेको संविधानसभा र संसदका समितिहरु बहिस्कार गर्ने निर्णयलाई लिएर पार्टीभित्र असन्तुष्टि बढेपछि एमाओवादीले संसदीय दलको बैठक बोलाएको छ ।

खासगरि, एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र डा बाबुराम भट्टराई निकट मानिने प्रभु साहले यसको विरोध गरिरहेको स्रोतले बतायो । एमाओवादी उपाध्यक्ष श्रेष्ठ यसअघि नै संबाद र सहमतिको पक्षमा थिए । वार्ता र सहमतिबाटै संविधान जारी गर्नु पर्ने भन्दै उनी पहिल्यैदेखि आन्दोलनको विपक्षमा उभिएका थिए । सबै मोर्चाहरुको उपयोग गर्दै प्रश्नावली समितिको बैठकलाई बहिस्कार नगरी आन्दोलनको मोर्चाको रुपमै उपयोग गर्नु पर्ने भन्दै श्रेष्ठले शीर्ष नेताहरुसँग असन्तुष्टि जनाइरहेको स्रोतले बतायो ।

बिहीबार बेलुकी बीबीसी नेपाली सेवासँगको कुराकानीमा पनि उपाध्यक्ष श्रेष्ठले संविधानसभा विघटन गर्नुपर्ने अडानमा रहेका राजनीतिक शक्ति (मोहन वैद्य र नेत्रविक्रम चन्द) हरुसँग आफ्नो पार्टीले सहकार्य नगर्ने प्रष्ट पारेका थिए । विगतमा त्यस्ता शक्तिसँग सहकार्य गरेर गल्ती भएको भन्दै उनले भने, जनताका अहिलेसम्मका संघर्षबाट प्राप्त लोकतान्त्रिक उपलब्धिलाई संविधानमार्फत संस्थागत गर्नु पार्टीको तात्कालिन लाइन हो, संविधानसभा भंग गर्नेसँग भएको सहकार्यको मैले विरोध गर्दै आएको छु ।’