३० आश्विन २०८३, शुक्रबार

पार्टीका जिल्ला अध्यक्ष नै एमाले प्रवेश

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

UML-Yemale

नरी बडु

बैतडी, १३ माघ । नेपाल कम्युनिष्ट पार्टी संयुक्तका जिल्ला अध्यक्ष केशबदत्त पन्थ नेकपा एमालेमा प्रवेश गरेका छन् ।

राजनीतिको उद्गमस्थल नेकपा एमालेनै भएपनि संविधानसभाको चुनाबमा नेकपा संयुक्तबाट उमेदबारी दिएका पन्थले नेकपा संयुक्तमा चित्त नबुझेपछि फेरी नेकपा एमाले नै प्रवेश गरेका हुन् ।

नेकपा संयुक्तमा कुनै स्पष्ट बैचारिक धारण नभएकाले फेरी नेकपा एमालेनै प्रवेश गरेको नेकपा संयुक्तका पन्थले बताए । मंगलबार एमाले कार्यालय बैतडीमा भएको कार्यक्रममा उनले अब एमालेमा लगनशील र कटिबद्ध भएर लाग्ने बताए ।

नेकपा एमाले बैतडीका कार्यबाहक अध्यक्ष सुरेन्द्र पाल, जिल्ला सचिव लिलाधर भट्ट, नेता महादेव भट्ट लगायतका नेताहरुले अबीर र फुलमालासहित पन्थलाई पार्टीमा भित्राएका थिए । २०७० साउन २६ गते नेकपा एमालेबाट संयुक्तमा प्रवेश गरेर अध्यक्षको कार्य सम्हालेका पन्थले अब एमाले पार्टीले दिएको स्थानमा नै बस्ने बताएका छन् ।