३० आश्विन २०८३, शुक्रबार

सेकुवा पसलका कारण विमानस्थलमा खतरा !

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Airport-Bird

काठमाडौँ, १२ माघ । सेकुवा पसलका कारण बिमानस्थलमा खतरा बढ्यो भन्ने खबरले तपाईंलाई आश्चर्यमा पनि पार्ला । तर, सरकारी अधिकारी भन्छन् , वरपरका सेकुवा पसल र मासु पसलका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खतरा बढेको छ ।

बिमानस्थल आसपासमा सेकुवा पसल, सुरक्षाकर्मी तथा कर्मचारीको आवासस्थल, भोजनगृह र मासु पसलका कारण चराको बिगबिगी बढेकाले खतरा बढेको हो । यसप्रति सरकार संवेदनशील रहेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव एवम् प्रवक्ता मोहनकृष्ण सापकोटाले जानकारी दिनुभयो ।

हुन त अन्तर्राष्ट्रिय विमानस्थलमा चरा नियन्त्रणका लागि अहिले १२ जना सिकारी तैनाथ गरिएको छ । तर, कुकुर, स्याल, मुसालगायत जनावरको पनि उपस्थिति बाक्लो रहेका कारण थप समस्या बढेको उहाँको भनाइ छ ।

बिमानस्थलमा चराको बिगबिगी बढेकै कारण गत महिना नेपाल वायु सेवा निगमको जहाजमा चरा ठोक्किएर भित्रै पसेको थियो । चालकले संयमता अपनाएका कारण ठूलो दुर्घटना हुन पाएको थिएन ।