
सोलुखुम्बु, २९ मंसिर । छेस्काम–७ सोलुखुम्बु निवासी मिर्गौलापीडित सुब्बाधनी राई र जुबु–८ सोलुखुम्बु निवासी प्यारलाइसेस पीडित दिलमाया राईलाई सहयोग रकम उपलब्ध गराइएको छ ।
सोलुखुम्बु सम्पर्क समिति दक्षिण कोरियाले मिर्गौलापीडित राईलाई दुई लाख १५ हजार र प्यारलाइसेसपीडित राईलाई २५ हजार सहयोगस्वरुप उपलब्ध गराएको समितिले जनाएको छ ।
सो रकम दक्षिण कोरियामा बस्ने नेपालीबाट सङ्कलन गरी पठाएको हो ।
समितिका संस्थापक अध्यक्ष उत्तम गुरुङको सभापतित्व तथा सल्लाहकार नन्दराज गुरुङको विशेष उपस्थितिमा आइतबार एक कार्यक्रमको आयोजना गरी मिर्गाैलापीडित सुब्बाधनीलाई नगद हस्तान्तरण गरिएको हो ।
यस्तै प्यारालाइसेसबाट पीडित दिलमायाको परिवारलाई शनिबार २५ हजार हस्तान्तरण गरिएको समितिले जनाएको छ ।















प्रतिक्रिया