२९ आश्विन २०८३, बिहिबार

चितवनमा तोरीखेतीका लागि सरकारद्वारा बीउमा अनुदान

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन, ११ मंसिर । जिल्ला कृषि विकास कार्यालय चितवनले तोरीको उत्पादन बढाउन र किसानलाई तोरीखेतीमा आकर्षित गराउन बीउमा अनुदान दिएको छ ।

क्षेत्र विस्तार तथा बीउ प्रतिस्थापन एवम् बीउ उत्पादनका लागि कार्यालयले यो वर्ष ५० प्रतिशत अनुदानमा तोरीको बीउ वितरण गरेको हो ।

जिल्लामा यस वर्ष ३०० हेक्टरमा तोरीखेती विस्तार गर्ने लक्ष्यअनुरुप कार्यक्रम सुरु भएको छ ।

यस्तै २०० हेक्टरमा आधुनिक बीउलाई प्रतिस्थापन गर्न लागिएको र ४० हेक्टरमा बीउ उत्पादनका लागि अनुदान दिइएको कार्यालयका योजना अधिकृत सन्तोषराज पौडेलले जानकारी दिए ।

यसका लागि ५५० मेट्रिकटन बीउ वितरण गरिएको पौडेलले बताए ।