२८ आश्विन २०८३, बुधबार

‘खुदी बजार’ देखि पलसम्म गोविन्द गुरुङ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Govinda-Gurung

काठमाडौं । गायक गोविन्द गुरुङले आफ्नो तेस्रो नेपालीभाषाको गीति सँग्रह ‘पल’ स्रोता माझ ल्याएका छन् । शुक्रबार राजधानीको कमलपोखरीस्थित रशियन कल्चरल सेन्टर माउनको सो गीतिसँग्रहको नेपाल सँगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति सरुभक्त, उपकुलपति शम्भुजीत बास्कोटा, सदस्य सचिव गणेश रसिक, सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सिईओ) किशोर महर्जनले सँयुक्त बिमोचन गरे ।

कुलपति सरुभक्तले गुरुङका गीतहरु स्तरीय र माधुर्य बनेको बताए । गीति संगीतको विकास र प्रवर्धनमा नीजि क्षेत्रले उल्लेख्य योगदान पु¥याएको उनले बताए । बैंकको कार्यमा व्यस्त भएर पनि फुर्सद निकालेर गीत सँगीतलाई निरन्तरता दिएकोमा गायक गुरुङको गायनयात्राको उनले प्रसँसा गरे ।

नेपाल सँगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका सदस्य सचिब गणेश रसिकले सो गीति सँग्रहका गीतहरुको समीक्षा गरे । गायक गुरुङको गायन शैली गायकहरु कुमार सुब्बा र अरुण थापासँग केही मिल्दा भएपनि स्वर भने मौलिक र मिठास रहेको रसिकको कथन थियो । सँग्रहका सबै जसो गीत स्तरीय बनेको उनले बताए ।

गायक गुरुङले आफ्नो गीति सँग्रहको तयारी देखि रिलिजसम्मको बारे जानकारी दिँदै गायनलाई निरन्तरतादिने बताए । बैंकिङ कार्यबाट निक्लेको फुर्सदलाई गीत सँगीत सृजनामा प्रयोग गर्दै आएको पनि उनले जानकारी गराए । बिगतका गीति सँग्रहको जस्तै यो गीति सँग्रहको विक्रीबाट उठेको सबै रकम दुर्गम गाउँका गरिब जेहेन्दार विद्यार्थीका लागि छात्रवृत्ति, विद्यालयमा कम्प्युटर सामग्री र कम्प्युटर कक्षा सञ्चालन लगायत शिक्षा क्षेत्रको गुणस्तर विकासका लागि खर्च गर्ने पनि उनले जानकारी गराए । गोबिन्द गुरुङ हाल सिभिल बैंक लि., कर्पोरेट कार्यालयमा वरिष्ठ कार्यकारी अधिकृत (महाप्रबन्धक तह) मा कार्यरत छन् । गायनले आफ्नो सो कार्यलाई कहिल्यै असर नपर्ने पनि उनले बताए ।

pal-bimochan

कार्यक्रममा पल गीतिसँग्रहका दुई ओटा म्युजिक भिडियो पनि सार्वजनिक गरियो । जसको निर्देशन समन अधिकारीले गरेका हुन् । भिडियोमा सावित्री गुरुङ, सुप्रिया कटवाल, पलशाह र यसराज गराजले मोडलिङ गरेका छन् ।

यस अघि २०५६मा लोक गीति सँग्रह ‘खुदीबजारमा’ र २०६७ सालमा आधुनिक गीतिसँग्रह ‘परिचय’ स्रोता माझ ल्याएका गायक गुरुङको तेस्रो गीति सँग्रहपल हो । पलमा ९ ओटा गीत छन् । ९ मध्ये ६ ओटा गीतको रचना र सँगीत गुरुङ आफैंले गरेका हुन् । बाँकी तीन ओटा गीतको रचना चलचित्र निर्देशक तुलसी घिमिरे, ललिजन रावल र राजु थापाले गरेका हुन् । पलमा सँग्रहित दुई ओटा गीतमा बिबी अनुरागी र एउटा गीतमा शक्ति बल्लभको सँगीत छ ।

सँग्रहको सातओटा गीत गोबिन्द गुरुङकै स्वरमा छ, जसमध्ये ओरालीमा…गीतमा अन्जु पन्तले यी गायकलाई स्वरमा साथ दिएका छन् । सँग्रहको जे जस्तो छ भाग्य…गीत १५ वर्षीय गायक विशाल तामाङले गाएका छन् । यस्तै फुलटिपी सिउरी दियौ…गीत दृष्या गुरुङको स्वरमा छ । बाँकी गीत पलपल निष्ठुरी.., नटाढिनु है…, कति दियौ पीडाहरु…, माया यो मेरो…, न सुन्नु है कुरौटेको कुरा…, नौ डाँडा पारी…गोबिन्द गुरुङकै एकल स्वरमा छ ।