२९ आश्विन २०८३, बिहिबार

नायिका स्वेता खड्काले नयाँ जीवन सुरु गर्ने संकेत

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

sweta-khadka

बिहेको एक महिनामा नै पति श्रीकृष्ण श्रेष्ठलाई गुमाएपछि वियोगमा डुबेकी नायिका श्वेता खड्काले नयाँ जीवन आरम्भ गर्ने संकेत गरेकी छिन् ।

हालको घरलाई माइती बनाउन चाहेको भन्दै श्वेताले नयाँ जीवन सुरुवात गर्ने संकेत गरेकी हुन् । सामाजिक सञ्जाल फेसबुकमा जीवनको पीडा व्यक्त गर्दै उनले हालको घरमा अब बुहारी नभई छोरीको रुपमा रहन चाहेको बताएकी छन् । उनको भनाइ जस्ताको तस्तै:

 आफ्नो जन्म घरबाट अलग्गिएर अर्को नयाँ घरमा कर्म बनाउन जाने नेपाली नारीहरुको पहिचान हो। म पनि आफ्नो पति प्रमेश्वरको पछि लागेर नयाँ जीन्दगी बसाल्न अनेकौं सपनाहरु बुनेर नयाँ घरमा कर्म बसाल्न पुगेँ।

एउटा नारीले आफ्नो प्राणभन्दा प्यारो आफ्नो मुटु , आफ्नो भगवान, आफ्नो स्वामी गुमाउनु पर्दा आफूले जीदगीमा सर्वश्व गुमाएको अनुभूती हुनेरहेछ र आफू जिउँदो भएपनि मरेको लाश सरह बाँच्नु पर्दो रहेछ। आफ्नो श्रीमान गुमाएको पिडा केवल नारीलाई मात्रै नभएर त्यो घरको सारा परिवार९ दाजु, भाई, आमा।।। अन्य सदस्यहरुमा पनि खपिनसक्नु हुन्छ।

तरपनि आज म छट्पटाउँदा मलाई उहाँहरुले आफ्नो पिडा सबै लुकाएर मलाई समाल्न शक्ति प्रदान गर्नु भएकोमा म आभारी बनेकी छु।यो यथार्थ थियो होला कि मैले उहाँहरुका कतिपय कुराहरु नकारे होला, कतिपय अवस्थामा उहाँहरुलाई घमण्ड जिद्दी गरेँ होला, तरपनि उहाँहरुले मलाई कहिलै मेरो कमजोरी देखाउनु भएन।

मलाई आफ्नो जन्मघर छोडेर पराई घर आएको महसुश हुन दिनुभएन।मलाई सधै आफ्नै छोरी, बहिनि सम्झेर उहाँहरुले गरेको मायाँ र साथलाई म मेरो खुल्ला हृदयबाट तारिफ गर्न चाहन्छु। मबाट बितेका दिनहरुमा मैले अन्जानमा कसैको मन दुखाएको भए यहि सन्देश मार्फत माफी माग्न पनि चाहन्छु। हजुरहरुको माया र साथलाई म मेरो भित्री मनदेखि धन्यबाद दिन चाहन्छु।

र म पनि हजुरहरुले मलाई सम्झे जसरी हजुरको असल छोरी बहिनि भएर हजुरहरुको इज्ज़त राखेर अगाडि बढ्ने प्रयाश गर्दछु। आउने दिनहरुमा मबाट केहि गल्तीहरु हुन पुगेमा हजुरहरुले मलाई सुधार्ने मौका दिनुहुनेछ र मलाई सधै आफ्नै छोरी बहिनीको दर्जामा राखिदिनुहुनेछ भन्ने कुरामा म विस्वस्त छु।