२९ आश्विन २०८३, बिहिबार

उद्योग मन्त्रालयले युवा रोजगारसम्बन्धी कार्यक्रम ल्याउन सकेन्ः बस्नेत

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

mahesh-basnetपरासी, २ मंसिर । उद्योग मन्त्री महेश बस्नेतले उद्योग मन्त्रालय राज्यद्वारा प्राथमिकतामा नपरेको मन्त्रालयका रुपमा पहिचान बनेको बताउनुभएको छ ।

उहाँले राज्यले उद्योग मन्त्रालयलाई नीति र सिद्धान्तको हिसाबले आत्मसात् गरे पनि व्यवहारका हिसाबले उपेक्षा गरेको जिकिर गर्नुभयो ।

प्रेस चौतारी नेपाल नवलपरासीद्वारा मंगलबार सुनवलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री बस्नेतले सरकारले उद्योग मन्त्रालयलाई आवश्यकताअनुसार पर्याप्त रकम विनियोजन नगरेको समेत आरोप लगाउनुभयो ।

नेपाल सरकारले निर्यात व्यापारलाई प्रवद्र्धन गर्ने र आयातलाई प्रतिस्थापन गर्नका लागि नेपालका विभिन्न ११ स्थानमा विशेष आर्थिक क्षेत्र स्थापना गर्ने लक्ष्य लिएको जानकारी दिनुभयो । सो अवसरमा बोल्दै मन्त्री बस्नेतले उद्योग मन्त्रालयले युवा रोजगारसम्बन्धी कार्यक्रम ल्याउन नसकेको जिकिर गर्नुभयो ।

नेपालमा पनि विभिन्न सुन, फलाम, पेट्रोलियम, चुनलगायतका खानी रहेको दाबी गर्दै मन्त्री बस्नेतले खानीको व्यवस्थित अध्ययन गर्ने सरकारले तयारी गरेको जानकारी दिनुभयो ।

उद्योग मन्त्रालयलाई समेत पुनःसंरचनाका साथ अगाडि बनाउनुपर्ने विचार राख्दै मन्त्री बस्नेतले अर्थ मन्त्रालयलाई दुईवटा फरक–फरक मन्त्रालयमा विभाजन गर्न आवश्यक रहेको बताउनुभयो ।

मन्त्री बस्नेतले नेपालमा राजस्वको क्षेत्रमा ठूलो चुहावट हुँदैँ आएको जानकारी दिँदै राजस्व चुहावट रोक्न सके हाल सङ्कलन हुँदै आएको राजस्वभन्दा धैरै बढी रकम सङ्कलन हुने दाबी गर्नुभयो ।  रासस