२९ आश्विन २०८३, बिहिबार

करदातालाई कर तिन पुससम्म छुट

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

finance-1काठमाडौँ, १ मङ्सिर । आन्तरिक राजस्व विभागले करदातालाई कर तिर्न आउँदो पुस मसान्तसम्म विभिन्न छुटका योजना ल्याएको छ ।
तेस्रो राष्ट्रिय कर दिवसका अवसरमा राजधानीमा आयोजित नगर पदयात्रापछि  विभागका महानिर्देशक चूडामणि शर्माले नागरिकले तिरेको करले देशको विकास, निर्माणमा खर्च गरिने हुँदा प्रत्येक नागरिकलाई समयमा नै कर तिरी जिम्मेवार बन्न आग्रह गर्नुभयो ।

लाजिम्पाटस्थित विभागको कार्यालयबाट निकालिएको पदयात्रा लैनचौर, त्रिदेवीमार्ग, जमल, घन्टाघर, रत्नपार्क, भद्रकाली, सहिदढोका हुँदै बागदरबारमा गएर समापन भएको थियो ।

करदातामैत्री कर प्रशासन, समृद्धि र सुशासन हाम्रो अभियान, तोकिएको अवधिमा कर तिर्ने बानी बसालौँ’ भनी लेखिएका सन्देश सहभागीले बोकेका थिए । पदयात्रामा करिब एक हजारको सहभागिता थियो । नेपालमा विभिन्न उद्योगी, पेसाकर्मी तथा करदाता गरी करिब १२ लाख करको दायराभित्र रहेको बताइएको छ ।

यसैबीच सोमबारदेखि एक सातासम्म कर सप्ताहसमेत सुरु भएको छ । यस अवधिभर करसम्बन्धी विभिन्न चेतनामूलक कार्यक्रम गरिने बताइएको छ ।