काठमाडौँ, २८ कात्तिक । शुक्रबार राती सर्वनाम थिएटरमा अज्ञात समुहले आक्रमण गरी झ्यालका सिसाहरु तोडफोड गर्नुका साथै भित्तामा टाँगिएका पोष्टरहरु च्यातिदिएका छन् ।
सर्वनाम थिएटरका अशेष मल्लले तोडफोडको प्रकृति हेर्दा घटना सुनियोजीत हुन सक्ने बताउनुभयो । ‘रङ्गकर्म र कलाको विकासमा जुटिरहेको हाम्रो थिएटरमा भएको यस प्रकारको आक्रमण सम्पूर्ण नेपाली रङ्गकर्मप्रतिको आक्रमण ठानेका छौँ,’ मल्लले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
विज्ञप्तिमा जसले आक्रमण गरे पनि आक्रमण गर्नेको सद्वुद्धी पलाओस भन्ने कामना व्यक्त गरिएको छ ।













प्रतिक्रिया