२८ आश्विन २०८३, बुधबार

नेपाल अफगानिस्तानसँग ५ विकेटले पराजित

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ,  २८ कार्तिक ।  एसीसी यू–१९ प्रिमियर क्रिकेटमा नेपाल अफगानिस्तानसँग ५ विकेटले पराजित भएको छ ।

टस हारेर व्याटिङको निम्तो पाएको नेपालले प्रस्तुत गरेको १३४ रनको लक्ष्य अफगानिस्तानले ३६ ओभरमा ५ विकेट गुमाएर भेट्टायो । नेपालले ४५ ओभरमा सबै विकेट गुमाएर १३४ रन बनाएको थियो ।

नेपाललाई सस्तैमा समेट्ने क्रममा रशिद खानले चार विकेट लिए । जिया उर रहमान र शाहिदुल्लाले २–२ विकेट हात पारे ।
दुबै देशले सुरुका तीन खेल जितेर उपाधि दावेदारी प्रस्तुत गरेका थिए । आजको खेल जित्ने टीम च्याम्पियन बन्ने लगभग पक्का छ ।