काठमाडौँ, २८ कात्तिक । नेपालमा पछिल्लो समय बलिउड कलाकारहरुको बाक्लै उपस्थिति हुन थालेको छ । केही समय पहिला बलिउडका चर्चित नायक आमीर खान नेपाल आए ।
त्यसको केही समयपछि बलिउड नायिका रविना टण्डन नेपाल आइन । त्यस भन्दा पहिला पूर्व पोर्नस्टार सन्नी
पनि नेपाल आएकी थिइन ।
फेरि शुक्रबार बलिउड अभिनेत्री सुस्मिता सेन काठमाडौं आइपुगेकी छन् । शुक्रबारबाट हुने टाइमलेस प्यारागन ज्वेलरी फेसन शोमा सहभागी हुन उनी काठमाडौं आएकी हुन् ।
सन् १९९४ की मिस युनिभर्स सेनले होटल अन्नपूर्णमा शनिबारसम्म चल्ने फेसन शोमा क्याटवाक गर्ने कार्यक्रम छ ।
आयोजकहरुका अनुसार उक्त फेसन शोमा नेपाली मोडलहरु आस्मी श्रेष्ठ, पर्मिता राज्यलक्षमी राणा र साम्रागी राज्यलक्ष्मी शाहले सुस्मितासँग क्याटवाक गर्ने छन् ।
पूर्व मिस नेपाल सृष्टि श्रेष्ठ, ओसिमा बानु, आस्था पोखरेल, दीप्ति गजुरेलसहितका नेपाली मोडलहरु पनि सो फेसन शोमा देखिने छन् । सुस्मिताले काठमाडौं बसाइका क्रममा न्यूरोडमा रहेको क्लासिक डाइमन्डको नयाँ शाखाको पनि उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।













प्रतिक्रिया