काठमाडौँ, २६ कात्तिक । एसीसी यू–१९ प्रिमियर क्रिकेटमा नेपालले मलेसियालाई ६३ रनले हराउँदै लगातार तेस्रो जित हात पारेको छ ।
नेपाल मलेसियालाई ३०.४ ओभरमा ६२ रनमै प्याकअप गर्न सफल भयो ।
टस जितेर पहिले व्याटिङ थालेको नेपालले मलेसियासामू ११६ रनको लक्ष्य प्रस्तुत गरेको थियो । तर, नेपाली बलरहरुको उत्कृष्ट प्रदर्शनपछि नेपालका सामू मलेसिया निरीह बन्यो ।
मलेसियाका लागि अनवर रहमानले ३३ रन बनाए । अन्य व्याट्सम्यानले दोहोरो अंक जोड्न नसक्नु नै मलेसियालाई हराउन नेपाललाई सहज भयो ।
नेपालका अर्जुन चौलागाईंले ३.४ ओभरमा १४ रन दिएर ३ विकेट लिए । सुशील कँडेल र शौरभ खनालले २–२ विकेट लिए भने सुनिल धमला, प्रेम तामाङ र दिपेन्द्र ऐरीले समान १–१ विकेट हात पारे । नेपालका लागि कप्तान राजु रिजालले सर्वाधिक ३९ रन बनाए ।













प्रतिक्रिया