काठमाडौं, २६ कात्तिक । एसीसी यू–१९ प्रिमियर क्रिकेटको अघिल्ला दुई खेलमा निक्कै राम्रो प्रस्तुति देखाएको नेपाल मलेसिया सामू भने केही कमजोर देखिएको छ । टस जितेर पहिले व्याटिङ थालेको नेपालले मलेसियासामू ११६ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
नेपालले ४० ओभरमा ११५ रन जोड्दा सबै विकेट गुमायो । नेपालका लागि कप्तान राजु रिजालले सर्वाधिक ३९ रन बनाए ।
सुनिल धमला १९, प्रेम तामाङ १६ र यागेन्द्र कार्की ११ रनमा आउट भए । अन्य व्याट्सम्यानले राम्रो प्रस्तुति देखाउँन नसकेकाले नेपाल कमजोर देखिएको हो ।













प्रतिक्रिया