काठमाडौं । इकुको नामबाट आफ्नो छवि बनाएका कलाकार सुलेमान शंकरको श्रीमतीसँग डिभोर्स भएको छ ।
पोखराकी जया केसीसँग ५ बर्षअघि विहे बन्धनमा बाँधिएका इकुले हालै श्रीमतीलाई डिभोर्स दिएका हुन् । श्रीमती कतारमा रहेका एक नेपालीसँगको प्रेममा फसेका कारण आफ्नो घरबार बिग्रिएको इकुले बताएका छन् ।
इकुका अनुसार, विगत २ बर्षदेखि उनीहरुबीच खटपट थियो । कतारमा बस्दै आएका एक युवकसँगको जया प्रेममा फसेका कारण डिभोर्स दिन बाध्य भएको इकुको दाबी छ ।
श्रीमतीलाई ती युवकसँग कयौंपटक होटलमा बस्दै आएको थाहा पाउँदा समेत श्रीमतीलाई माफी दिएको बताउँदै उनले त्यसपछि पनि श्रीमती नसुध्रेको बताए ।
पाँच बर्षअघि बिहे भए पनि उनीहरुको बच्चा भएको थिएन । दुई बर्षसम्म त एकसाथ नसुतेको उनले बताए । सन्तानको बारेमा सोच्न आग्रह गर्दा पनि श्रीमतीले वास्ता नगरेको उनको गुनासो छ । रातको २ बजेसम्म पनि श्रीमती कतारको केटासँग भाइबरमा आइ लभ यू भन्दै बस्ने गरेको थाहा पाएपछि अन्ततः अलग हुने निर्णय गरेको इकुले बताएका छन् ।














प्रतिक्रिया