२९ आश्विन २०८३, बिहिबार

साउदी अरेबिया नेपालसँग १९५ रनको अन्तरले पराजित

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

npiकाठमाडौँ, २३ कात्तिक । एसीसी यू–१९ प्रिमियर क्रिकेटमा नेपालले साउदी अरेबियालाई १९५ रनले पराजित गर्दै फराकिलो जित हाँसिल गरेको छ ।

कुवेतमा जारी पहिलो खेलमा नेपालले साउदी अरेबियालाई १२६ रन मै अल आउट गर्यो ।  नेपालले साउदी सामू ३२२ रनको लक्ष्य प्रस्तुत गरेको थियो ।

टस हारेर पहिले ब्याटिङ गरेको नेपालले सुलाबिया मैदानमा ४९.५ ओभरमा ३ सय २१ रन बनायो । साउदी अरेबिया ३७.५ ओभर खेल्दै १२६ रनमा समेटियो।

खेलमा नेपालका लागि शुसील कडेलले ३, दीपेश श्रेष्ठ र सुनिल धमलाले २–२ तथा प्रेम तामाङले १ विकेट लिए।