२९ आश्विन २०८३, बिहिबार

आइ लभ यू सालीपछि ‘जलन’ लिएर आए पहाडी

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

dhrubaकाडमाडौँ, २० कात्तिक  । एक दर्जन बढी मार्मिक गीतमा आवाज दिएर निक्कै चर्चा कमाएका युवा गायक धु्रव निसान पहाडी नयाँ गीति एल्वम ‘जलन’ लिएर आएका छन् ।

म्युजिक भिडियोसहित बजारमा आएको उक्त एल्वममा ‘बल्दै गयौँ तिमी’ बोलको गीत रहेको छ ।

सिन्धुली जिल्लाको हतपतेमा जन्मिएर त्यहीँका डाँडा–काडाँका शब्द टपक्क टिपेर गीत गाउँन खप्पिस पहाडीको स्वर रहेको यो गितमा शब्द भने प्रकाशजंग कार्कीले दिएका छन् ।

‘सम्पदा बानिया, विमलेश अधिकारी र कृष्ण पोखरेलले मोडलिङ गरेको यो  म्युजिक भिडियोमा गाउँले परिवेशमा हुर्केको माया शहरीया जिवनसँगै अन्त्य भएको मार्मिक कथालाई उन्न खोजिएको छ,’ गायक पहाडीले भने ।

उक्त म्युजिक भिडियोमा पछिल्लो समय स्वार्थी बन्दै गएको माया–प्रेमको कथालाई उनले जिवन्त बनाउँन खोजेका छन् ।

’त्रिकोणात्मक प्रेम कथामा आधारित यस म्युजिक भिडियोले हजारौँ युवा जोडीको कथा बोकेको छ,’ पहाडीले भने, ‘मायामा माया मात्र हुँदैन त्यहाँ धन दौलतको छाँया पनि लुकेको हुन्छ भन्ने सन्देश जलन मार्फत दिने कोसिस गरेको छु ।’
‘आइ लभ यू साली’ आँसु खस्यो नी जस्ता लोकदोहोरी एल्वम बजारमा ल्याइसकेका पहाडीको आधुनिक गीतको भने पहिलो एल्वम हो ।

स्नातकोत्तरसम्मको अध्ययन पुरा गरेका पहाडीका जिउ कमाउँदै थरर, लिखु खोला दोभानमा, रुमाल फरर, खोलपारी चरी उड्यो, बाध्यताले विदेश आइयो नी जस्ता चर्चित गीत सार्वजनिक भइसकेका छन् ।