काठमाडौं, १९ कात्तिक। क्यानले बुधबार हङकङसँग खेल्ने टी–२० क्रिकेट सिरिजका लागि नेपाली टोलीको घोषणा गरेको छ ।
पारस खड्काको कप्तानीमा ज्ञानेन्द्र मल्ल उपकप्तान रहेको टोलीमा राजेश पुलामी र करण केसी नयाँ अनुहार थपिएका छन् । प्रदिप ऐरी र अनिल मण्डलले कमब्याक गरेका छन् ।
टोलीमा विनोद भण्डारी, सुवास खकुरेल, शक्ति गौचन, बसन्त रेग्मी, सोमपाल कमी, सागर पुन, अमृत भट्टराई र नरेश बुढायर, भूवन कार्की छन् ।
महेश रिजाललाई सहायक प्रशिक्षक नियुक्त गरिएको छ । नेपाली टोली शुक्रबार श्रीलंका प्रस्थान गर्नेछ ।













प्रतिक्रिया