२८ आश्विन २०८३, बुधबार

मैत्रीपूर्ण खेलमा नेपाल पराजित

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १५ कात्तिक । नेपाल र फिलिपिन्सबीच गएराति भएको मैत्रीपूर्ण फुटबलमा नेपाल पराजित भएको छ ।

कतारको दोहामा भएको खेलमा नेपालले फिलिपिन्सलाई पहिलो हाफ गोलरहित बराबरीमा रोके पनि दोस्रो हाफमा तीन गोल खाएको थियो ।

फिलिपिन्सका लागि खेलको ४९ औँ मिनेटमा सिमोनले गोल गरे । खेलको ६५ औँ मिनेटमा नेपाली मिडफिल्डर जगजित श्रेष्ठ रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि नेपाल थप दबाबमा प¥यो ।

खेलको ९० औँ मिनेटमा नेपालका आदित्य चौधरीले फल गरेपछि फिलिपिन्सले पेनाल्टी पायो र फिलिपले सजिलै गोल गरे । लगत्तै हार्मन मार्कले थप एक गोल गर्दै फिलिपिन्सलाई ३–० को जित दिलाए ।