५ कार्तिक २०८३, बिहिबार

राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीले छठपर्वको अवसरमा यस्तो दिए शुभकामना

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

sushil-and-rambaranकाठमाडौं, १२ कात्तिक । छठपर्वको अवसरमा शुभकामना दिँदै राष्ट्रपति डा. रामवरण यादवले छठी माताले संविधान निर्माणमा अग्रसर हुन दलका नेताहरुलाई शक्ति प्रदान गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।

‘तोकिएको समयमा नयाँ संविधान निर्माण भई देशको सार्वभौमिकता र अक्षुणता कायम रहोस् भन्ने कामना गर्दछु,’ राष्ट्रपति यादवले भन्नुभएको छ ।

उपराष्ट्रपति परमानन्द झाले पनि छठपर्वको अवसरमा शुभकामना दिँदै तोकिएकै समयमा संविधान जारी गर्नेगरी दलहरुलाई एकजुट हुन यस पर्वले प्रेरणा दिन सकोस् भन्ने कामना व्यक्त गर्नुभएको छ ।

प्रधानमन्त्री सुशील कोइरालाले पनि छठ पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहेका समस्त नेपालीमा सुस्वास्थ्य, दीर्घायु, सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको कामना व्यक्त गर्नुभएको छ ।
उहाँले शुभकामना मन्तव्य व्यक्त गर्दै राष्ट्रिय एकतालाई मजबुत बनाउने विश्वास व्यक्त गर्नुभएको छ ।

‘नेपाली जनताले छ दशकभन्दा लामो समयदेखि प्रजातन्त्रको स्थापना, पुनःस्थापना र विकासका लागि गरेका आन्दोलनको उपलब्धिका रूपमा प्राप्त सङ्घीयता, लोकतन्त्र, गणतन्त्र र समावेशितालाई संस्थागत गर्न संविधान निर्माणमा हरेक नेपालीले साथ दिनुपर्छ,’ उहाँले भन्नुभएको छ, ‘आपसी सहमति, सहकार्य, एकता र मेलमिलापको माध्यमबाट नै ऐतिहासिक जिम्मेवारी पूरा हुनेछ ।’

उहाँले शुभकामना सन्देशमा जनताको सुख, शान्ति र समृद्धिका लागि काम गर्न सबै राजनीतिक दलका नेतालाई आपसी सहमति, सहकार्य, एकता र मेलमिलापका लागि थप उत्प्रेरित गर्न सकोस् भन्नुभएको छ ।