५ कार्तिक २०८३, बिहिबार

दुर्घटनामा एकको मृत्यु, एक गम्भीर घाइते

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विराटनगर, १२ कात्तिक । मोरङमा मङ्गलबार साँझ भएको सडक दुर्घटनामा एक युवकको मृत्यु भएको छ भने एक गम्भीर घाइते भएका छन् ।

राजघाटबाट उर्लाबारीतर्फ जाँदै गरेको  को १९ प ४४५५ नम्बरको मोटरसाइकल राजघाट–७ मा एक्कासी सडकमा पल्टिएपछि  सो दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

मोटरसाइकल चलाउने झापा दमक–१७ का २२ वर्षीय रविन काफ्लेको मृत्यु भएको हो भने मोटरसाइकलमा पछाडि बसेका मोरङ राजघाटका २७ वर्षीय मनोज सिटौला गम्भीर घाइते भएका हुन् ।

उनीहरुलाई उपचारका लागि विराटनगर ल्याउने क्रममा रविनको बाटो मै मृत्यु भएको र घाइते सिटौलाको विराटनगरस्थित न्युरो अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । रासस