चितवन । चितवनको माडीमा बोक्सीको आरोप लगाउर्दै करिब दुई बर्ष अगाडी ज्युँदै जलाइएकी महिला ढेगनीदेवीको जीवनमा आधारित भएर निर्माण भएको चलचित्र रक्तभोगको छायांकन अन्तिम चरणमा पुगेको छ ।
चितवनको माडीमा छायांकन भइरहेको चलचित्र रक्तभोगको करिब ८० प्रतिशत छायांकन सकिएको चलचित्रका कार्यकारी निर्माता कृष्णाराज तिवारीले जानकारी दिनुभयो ।
चितवनको माडीमा सबै छायांकन सकाएर बाँकी काठमाडौंमा छायांकन गरिने निर्माता तिवारीको भनाई छ । समाजमा घटिरहेका यथार्थ घटनामा आधारित भएर चलचित्र निर्माण गरेका कारण चलचित्रले आम दर्शकको मनमुटु छुने निर्देशक विवि फुयालले बताउनुभयो ।
चलचित्रले नेपाली समाजमा केही नयाँ परिवर्तन र केही नयाँ सन्देश दिने बताउँदै चलचित्र रक्तभोग वास्तविक घटनामा आधारित भएर निर्माण भएका कारण चलचित्र अरु चलचित्र भन्दा पृथक रहेको निर्देशक फुयालले बताउनुभयो ।
त्यस्तै चलचित्रका छायांकार पवन गौतमले हाल नेपाली समाजमा घटिरहेका घटनालाई चलचित्र रकतभोगले उठाउन खोजेको बताउँदै चलचित्रले नेपालीसमाजमा सकारात्मक सन्देश प्रभाह गर्ने दाबी गर्नुभयो ।
अन्धविस्वास र विकृतिलाई अंगालेर बसेका मानिसहरुको विकृत मानसिकतालाई चिरफार गरी समाजिक जनचेतना जगाउदै शान्ति, सभ्य संवृद्ध समाजको निर्माण गर्नु सनेमाको प्रमुख लक्ष्य रहेको तिवारीले बताउनुभयो ।
चलचित्रकी नायिका शारिका घिमिरेले आफुले अभिनय गरेको चलचित्रहरु भन्दा चलचित्र रकतभोग पृथक रहेको भन्दै उक्त चलचित्रले नेपाली समाजमा राम्रो सन्देश दिने बताउनुभयो ।
चलचित्रमा शारिका घिमिरे, शैलेस पौडेल, कृष्णाराज तिवारी, ज्योति सापकोटा, रचना पौडेल, रामचन्द्र लम्साल, रवि खनाल, पोदराज पौडेल आदिको अभिनय रहेको छ ।















प्रतिक्रिया