२८ आश्विन २०८३, बुधबार

११.१ ओभरमा खेल सकियो, कप्तान पारसले हानेको चौकाले नेपाल ८ विकेटले विजयी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

B0r0mpACYAIf7gF

काठमाडौँ, ७ कात्तिक ।  मलेसीयामा जारी आईसीसी विश्व क्रिकेट लिग डिभिजन थ्रीको दोस्रो खेलमा नेपालले राम्रो प्रदर्शन गरेको छ ।
१०.४ ओभरमा कप्तान पारसले पहिलो चौका हाने ।

११.१ ओभरमा कप्तान पारसले  हानेको चौकाले नेपाल ८ विकेटले विजयी भयो ।

१.४ ओभरमा सुवासले पछिलो छक्का हानेका थिए ।

२. १ ओभरमा विनोदले छक्का हाने ।  २.४ ओभरमा नेपालले पहिलो चौका हानेको थियो । ७ बलमा एक छक्का हानेर विनोद हाउट भए ।

३ ओभरको समाप्तीमा नेपालले एक विकेट गुमाएर २५ रन बनाएको थियो ।

४.५ ओभरमा विनोद भण्डारीले चौका हानेका थिए । फेरी उनले ५.६ ओभर र ६.२ मा चौका हानेका थिए ।

६.३ ओभरमा उनले छक्का हानेका  थिए । ७.२ ओभरमा सुवास खकुरेलले चौका हाने ।

सुवासले पुनः ७.५ ओभरमा चौका हानेका थिए । लन्च अघिसम्म सुवासले  २५ र विनोद २३ रन ल्याए ।

दुबैले ४ चौका र १ छक्का हानेका थिए । लन्चपछि फेरी विनोदले बर्मुडाविरुद्ध ८.१, ८.२, ८.६ र ९.६ ओभरमा चौकाको वर्षा गराए ।