२८ आश्विन २०८३, बुधबार

लिग डिभिजन थ्रीमा नेपालको खराव शुरुवात, युगाण्डासँग २० रनले पराजित

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

cricket-team-nepalकाठमाडौँ, ६ कात्तिक । क्रिकेटमा निक्कै राम्रो संभावना बोकेको नेपालले आईसीसी वर्ल्ड क्रिकेट लिग डिभिजन थ्रीमा भने खराव सुरुवात गरेर खेलप्रेमीलाई निरास भनाएको छ ।

टस जितेर फिल्डिङ रोजेको नेपाली टोली पहिलो खेलमा युगाण्डासँग २० रनले पराजित भयो ।

युगाण्डाले ५० ओभरमा ८ विकेट गुमाएर २०३ रनको चुनौति नेपाललाई दिएको थियो ।

नेपालका कप्तान पारस खड्का, सोमपाल कामी, बसन्त रेग्मी र सागर पुन मात्र विकेटलिन सफल भए ।

नेपालले ४८.५ ओभरमा १८३ रन बनाउँदा सबै विकेट गुमायो ।