२८ आश्विन २०८३, बुधबार

कोरियामा लुक्ने चार खेलाडीलाई दस वर्ष प्रतिबन्ध

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Tilak-tharu-korea

काठमाडौँ, २ कात्तिक । दक्षिण कोरियाको इन्चोन सहरमा हालै सम्पन्न १७औँ एसियाली खेलकुद प्रतियोगिता (एसियाड) का क्रममा लुक्ने नेपालका चार खेलाडीलाई १० वर्ष प्रतिबन्ध लगाइने भएको छ ।

युवा तथा खेलकुद मन्त्रालयअन्तर्गतको एसियाडको कार्य सम्पादन समितिको आज बसेको बैठकले एसियाडमा राष्ट्रको नाममा प्रतिस्पर्धा गरी राष्ट्रको नाम उच्च राख्नुपर्नेमा उल्टै भागेर राष्ट्रको बेइज्जत गरेको भन्दै भागेका खेलाडीलाई खेलकुदसम्बन्धी सम्पूर्ण क्रियाकलापबाट वञ्चित गर्दै १० वर्ष प्रतिबन्ध लगाउने निर्णय गरेको हो ।

बैठकले भागेका खेलाडीको प्रशिक्षक र व्यवस्थापकलाई निलम्वन गरी एक वर्षसम्म वैदेशिक खेलकुद गतिविधिमा कार्य गर्न नपाउने गरी एक वर्षको निलम्वन गर्ने र विभागीय कारबाहीका लागि राष्ट्रिय खेलकुद परिषद्लाई सिफारिस गर्ने निर्णय गरेको एसियाड कार्य सम्पादन समितिका सचिव चुडामणि पौडेलले जानकारी दिनुभयो ।

यस्तै, खेलाडी भागेका सम्बन्धित सङ्घसँग स्पष्टिकरण माग गर्ने, समग्र खेल जगतको पुनःसंरचनाका लागि कार्ययोजना बनाउने र त्यसको लागि मन्त्रालयले पहल गर्ने, खेलकुदमा देखिएको विवाद, कमी कमजोरी हल गर्न युवा तथा खेलकुद मन्त्रालयलाई पहल गर्न पत्राचार गर्ने निर्णय गरेको समितिद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । एसियाडमा नेपालका २५ खेलमा २०६ खेलाडी सहभागी रहेको समितिले जनाएको छ ।