केही समय अगाडि आफ्नै फ्याल्टमा मृत अवस्थामा फेला परेकी मोडल अर्चना पाण्डेको शव अस्पतालमै अलपत्र परेको छ ।
भारतको नगर निगम अस्पतालमा बेवारिसे अवस्थामा रहेको भारतीय सन्चारमाध्यमले जनाएका छन् । एकमात्र भाई अश्विन जेलमा रहेको र परिवारका अन्य सदस्य कोही पनि नभएकाले उनको शव बेवारिसे भएको बताइएको छ।
उनको शव प्रहरीले भारतको अँधेरी पश्चिम स्थित आफ्नै फल्याटमा मृत अवस्थामा फेला पारेको थियो। मृत अवस्थामा भेटिएको स्थलबाट उनको सुसाईड नोट समेत फेला पारेका थियो। उनले ब्वाईफ्रेण्ड उमर पठानको कठोरताका कारण आफूले आत्महत्या गरेका उल्लेख गरेको समाचारमा उल्लेख छ। उनले नोटमा आफुलाई पठानले शारिरिक शोषण गरेपछि त्यसै छोडिदिएको उल्लेख गरेको बताइएको छ ।














प्रतिक्रिया