काठमाडौँ, २९ असोज । श्रीलंका भ्रमणमा रहेको नेपाली टोलीले पहिलो अभ्यास खेलमा हार व्यहोरेको छ ।
आईसीसी वर्ल्ड क्रिकेट लिग डिभिजन थ्रीको तयारीका लागि भएको अभ्यास खेलमा नेपाल बुधबार श्रीलंकाको पोर्ट अथोरिटीसँग ७४ रनले पराजित भएको हो ।
कप्तान पारस खड्का र सोमपाल कामी विना मैदान उत्रिएको थियो । टस हारेर पहिले व्याटिङ थालेको श्रीलंका पोर्ट अथोरिटीले ४३ ओभरमा सबै विकेट गुमाएर १५३ रन बनायो ।
जवाफमा मैदान उत्रिएको नेपाल २५ ओभरमा ७९ रन जोड्दा अलआउट भयो । नेपालका लागि ज्ञानेन्द्र मल्लले २४, बसन्त रेग्मीले १२ र सागर पुनले ११ रन जोडेका थिए ।













प्रतिक्रिया