२८ आश्विन २०८३, बुधबार

युरो कप छनोट फुटबल चलिरहँदा यसरी बन्यो खेलमैदान रणभूमि

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

7

काठमाडौं, २९ असोज । युरो कप छनोट फुटबल अन्तरगत सर्बिया र अल्बानियाबीचको खेलका क्रममा हंगामा भएको छ । मैदानमै खेलाडीहरुबीच कुटाकुट भएपछि खेलसमेत रद्द भएको विभिन्न समाचार एजेन्सीहरुले समाचार प्रकाशित गरेका छन् ।

समाचार अनुसार खेल चलिरहेका बेला ड्रोनको सहयोगमा राजनीतिक सन्देश भएको अल्बानियाको झण्डा फहराएपछि शुरु भएको विवादले उग्र रुप लिएपछि खेल मैदान नै रणभूभिमा परिणत भएको थियो ।

9
सर्बियाका खेलाडी स्टफेन मिट्रोभिकले मैदानको केही माथि आइपुगेको झण्डौ समाएका थिए । लगतै अल्बानियाका खेलाडी विवादमा उत्रिए । दुई देशका खेलाडीबीच भएको झगडामा दर्शक पनि सहभागी भए ।

म्याच रेफ्री मार्टिन एटकिंसनले लामो प्रयासपछि  खेलाडीहरुलाई मैदान बाहिर लगे र ३० मिनेटपछि खेल रद्द भएको घोषणा गरियो ।
8