काठमाडौँ, असोज २८ । नेपाली चलचित्र क्षेत्रका चर्चित नायक स्वर्गीय श्रीकृष्ण श्रेष्ठकी पत्नी नायिका श्वेता खड्काले श्रीको परिवारको तस्वीर सामाजिक सञ्जाल फेसबुकमा पहिलो पटक शेयर गरेकी छिन् ।
तस्वीर सेयर गर्दै श्वेताले अब श्रीको परिवारको छोरी बहिनी भएर अघि बढ्ने बताएकी छन् ।
‘मबाट वितेका दिनहरुमा अन्जानमा कसैको मन दुखाएको भए यही सन्देशमार्फत माफी चाहन्छु,’ उनले सेयर गरेको स्ट्याटसमा लेखेकी छिन्, ‘हजुरहरुको माया र साथलाई म भित्र मनदेखि धन्यवाद दिन चाहन्छु । म पनि हजुरहरुले मलाई सम्झे जसरी हजुरको छोरी बहिनी भएर हजुुरहरुको इज्जत राखेर अघि बढ्ने प्रयास गर्नेछु ।’
श्वेताले कुनै गल्ती भए सुधार्ने मौका दिन पनि आग्रह गरेकी छिन् । आफूलाई आफ्नै छोरी बहिनीको दर्जामा राख्ने विश्वास व्यक्त गर्दै श्वेताले पती गुमाउँदा सर्वश्व गुमाएको अनुभूति भएको भन्दै जिउँदो भएपनि मरेको लास सरह बाच्नु परेको दुखेसो पोखेकी छिन् ।
श्रीको निधन आफ्नो लागि मात्र नभए सबै परिवार दाइ, भाइ आमा सबैलाई खपीनखक्नु भएको तर परिवारका सबैले आफ्नो पीडा लुकाएर आफूलाई सम्हाल्न शक्ति दिएको उनले लेखेकी छिन् ।













प्रतिक्रिया