काठमाडौँ, २८ असोज । युरोकप फुटबल छनोट अन्तर्गत गएराती भएको खेलमा ईटालीले माल्टालाई १–० ले हराएको छ ।
माल्टालाई पराजित गरेसँगै ईटाली छनोट समूहका तीन खेलबाट ९ अंक जोड्दै शीर्ष स्थानमा रहेको छ।
युरोकप छनोट अन्तर्गत गएराती नै भएको अर्को खेलमा नेदरल्याण्ड्स आईसल्याण्डसँग २–० ले पराजित भयो।
पछिल्लो हारसँगै तीन खेलमध्ये २ खेलमा पराजित नेदरल्याण्ड्सको युरोकप छनोट सम्भावना कठिन बनेको छ।
गएराती नै भएको अर्को खेलमा चेक गणतन्त्रले काजखस्तानलाई ४–२ ले, ईजरेलले एण्डोरालाई ४–१ ले, वेल्सले साईप्रसलाई २–१ ले तथा क्रोएशीयाले अजरबैजानलाई ६–० ले पराजित गरेका छन्। यस्तै नर्वेले बुल्गेरीयालाई २–१ हरायो। टर्की र लात्भियाले १–१ गोलको बराबरी खेल्दै अंक बाढेका छन्।













प्रतिक्रिया