२८ आश्विन २०८३, बुधबार

नेपालको नाम राख्ने विमलालाई नेपाली सेनामा जागिर

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Bimala-thapa-job

काठमाडौ, २८ असोज । सत्रौ एसियाली खेलकुद प्रतियोगितामा राष्ट्रका लागि एकमात्र कास्यपदक जित्ने कराते खेलाडी बिमला तामाङलाई त्रिभुवन आर्मी क्लबबाट खेल्ने भएकी छन् ।

बालाजु कराँते डो एकेडेमीबाट खेल्दै आएकी बिमलाले आगामी दिनमा आर्मी क्लबबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने गरी सोमबार सम्झौता भएको आजको अन्नपूर्णमा खबर छापिएको छ।

सम्झौता पत्रमा आर्मी क्लबका तर्फबाट प्रमुख सेनानी प्रकाशजंग कार्की र एकेडेमीका तर्फबाट प्रशिक्षक ध्रुबविक्रम मल्लले हस्ताक्षर गरे।

सम्झौताअनुसार बिमलाले नियमित अभ्यास बालाजु एकेडेमीबाटै गर्नेछिन्। आर्मी क्लबले उनलाई आगामी कात्तिक महिनादेखि लागू हुने गरी मासिक १० हजार रूपैयाँ प्रदान गर्नेछ। करारमा नियुक्त भएकी उनले आर्मी क्लबबाट प्रतियोगिता मात्र खेल्नेछिन्।