२८ आश्विन २०८३, बुधबार

लौ के भयो नम्रता श्रेष्ठलाई ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Namrata-shrestha

नायिका नम्रता श्रेष्ठ फेरि अस्वस्थ भएर अस्पताल भर्ना भएकी छिन् ।

गत वर्षको चैत्रमा देब्रे मृगौलामा पत्थरी देखिएर आकस्मिक शल्यक्रिया गराएकी नम्रतालाई अहिले दोस्रो पटक टाइफाइड भएको छ ।

शल्यक्रिया पछि चिकित्सकले आराम गर्नु भने पनि उनी निर्देशक प्रशान्त रसाइलीको चलचित्रको छायांकनका क्रममा सिक्किममा व्यस्त रहिन् भने वैशाख १२ गते प्रदर्शनमा आएको चलचित्र ‘नोभेम्बर रेन’ को प्रसारप्रसारमा पनि व्यस्त भइन् ।

आराम नगरेपछि शल्यक्रिया गरिएको घाउमा इन्फेक्सन भयो र चिकित्सकको निर्देशनबमोजिम नम्रताले एक महिनाभन्दा बढी सम्पर्कविहीन हुँदै पोखरास्थित दिदी भिनाजुको घरमा बसेर आराम गरिन् । तर पोखरामा समेत उनले आराम गर्न पाइनन् । कहिले गायिका र कहिले नायिकाका रुपमा धेरै व्यस्त भएपछि उनी फेरि अस्पतालको बेडमा पुगेकी हुन् । उनी अहिले थापाथलीस्थित नर्भिक अस्पतालको बेडमा आराम गरिरहेकी छिन् । उनको पित्तको थैलीमा पत्थरसमेत देखिएको छ, जसको शल्यक्रिया त्यसले पीडा दिन थालेपछि मात्र गरिने बताइन्छ ।