काठमाडौं, २५ असोज । युरो कप छनोटमा इटलीले अवरबैजानलाई २–१ ले पराजित गरेको छ ।
समूह एचमा रहेको इटलीले शुक्रबार राति भएको छनाटे चरणको आफ्नो पहिलो खेल जितेको हो । खेलको ४३ औं र ८२ औं मिनेटमा जर्जिओ चेलिनीले गरेको गोलले इटलीलाई विजयी बनायो ।
चेलिनीले ७६ औं मिनेटमा आत्मघाती गोल गरेका थिए । त्यही आत्मघाती गोलका कारण अवरबैजान एक गोलमा सिमित रह्यो ।
अर्को खेलमा नेदरल्याण्डले काजकिस्तानलाई ३–१ ले पराजित गर्न सफल भयो ।
१० खेलाडीमा सिमित काजकिस्तानलाई नेदरल्याण्डले तीन गोल गर्दा काजकिस्तानका तर्फबाट अब्लुलिनले एक गोल गरे ।













प्रतिक्रिया