काठमाडौं, २१ असोज । बलिउडका चर्चित अभिनेता आमिर खान काठमाडौं आइपुगेका छन् । दुई दिने भ्रमणका लागि उनी मंगलबार नेपाल आएका हुन् ।
जेट एयरवेजको विमानबाट दिउँसो ६ जना सुरक्षा गार्डसहित त्रिभुवन बिमानस्थल ओर्लिएका उनी काठमाडौंस्थित द्वारिकाज होटलमा बसेका छन् । आमिर बुधबार लुम्बिनी भ्रमणमा जाने बताइएको छ ।
युनिसेफले संचालन गरेको पोषणसम्बन्धी कार्यक्रममा सहभागी हुन उनी कपिलवस्तु जान लागेका हुन् । उनले कपिलवस्तुको कपडी हेल्थ पोष्टमा आयोजना गरिएको तथ्यांक प्रस्तुतिकरण कार्यक्रम तथा पकडी ६ सेमरउटीमा आमा समूह र महिला स्वयंसेविकाको कुपोषित बालबालिकाको उपचार गर्ने तरिका र विधि अवलोकन गर्नेछन ।
त्यसका लागि आमिर बुधबार विहान यति एयरको चार्टड जहाजबाट भैरहवा पुग्ने कार्यक्रम छ । विहान ब्रेकफास्ट उनले लुम्बिनीमा गर्नेछन् । विहान १० देखि १२ बजेसम्म २ घण्टा कार्यक्रममा सहभागी भई उनी फर्कने कार्यक्रम छ ।
आमिर युनिसेफका सदभावना दुत हुन् । युनिसेफका अधिकारी २ दिन देखि पकडीमा बसेर कार्यक्रमको तयारी गरिरहेका छन् ।
आमिरको कार्यक्रममा संचारकर्मीलाई प्रबेश नदिन युनिसेफका पदाधिकारीले जिल्लास्थित सुरक्षा अधिकारीलाई आग्रह गरेका छन् । आमिरको भ्रमणलाई ध्यानमा राख्दै कपिलवस्तु र रुपन्देहीमा सुरक्षा सतर्कता बढाइएको छ ।
केही समयअघि मात्रै उनी अभिनित फिल्म ‘धुम ३’ले बलिउडमा रेकर्ड कायम गरेको थियो ।














प्रतिक्रिया