भीमदत्तनगर, २१ असोज । एक लाखभन्दा बढी पुरस्कार राशिको क्रिकेट प्रतियोगिता सुदूरपश्चिमको पहाडी जिल्ला बैतडीमा सुरु भएको छ ।
आठौँ शुभकामना कप क्रिकेट प्रतियोगिता नाम दिएको उक्त प्रतियोगिताको आयोजना युनाइटेड युथ अफ नेपाल र बैतडी जिल्ला क्रिकेट सङ्घले गरेको हो ।
बैतडीको देहीमाण्डौ, मेलौली, सुन्दरखाली र गोकुलेश्वरमा गरी चार ठाउँबाट आजदेखि प्रतियोगिता सुरु भएको जिल्ला क्रिकेट सङ्घ बैतडीले जनाएको छ ।
जिल्ला क्रिकेट सङ्घ बैतडीका अध्यक्ष रमेश बोहराले दिएको जानकारीअनुसार प्रतियोगितामा ३६ टिमको सहभागिता रहेको छ ।
प्रतियोगितामा विजयी टिमले नगद रु एक लाख ११ हजार १११ सहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ ।
यस्तै दोस्रो हुने टिमले नगद रु ५५ हजार ५५५, तेस्रो हुने टिमले नगद रु २५ हजार ५२५ सहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यस्तै प्रतियोगितामा सान्त्वना पुरस्कार रु १५ हजार ५१५ नगद, ट्रफी र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ । प्रतियोगिता असोज २९ गतेसम्म चल्ने छ ।













प्रतिक्रिया