२८ आश्विन २०८३, बुधबार

अन्जु पन्तले अडान तोडिन, हङकङमा हिन्दु गीत गाइन् (हेर्नुस भिडियो)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Anju-panta

हङकङ, २० असोज । दशैं गीत नगाउँदा विवादमा तानिएकी गायिका अञ्जु पन्तले हङकङमा भने दशैंको शुभकामना सन्देशमात्र दिइनन्, दशैं गीत गाएरै शुभकामना पनि दिएकी छन्।

सहारा एकेडमी पोखराको सहयोगार्थ हङकङमा आयोजित सहारा साँझमा उनले दशैंको अवसरमा शुभकामना दिएकी हुन्। केही समयपहिले हिन्दू शव्द भएको कारण गायिका पन्तले दशैं गीत गाउन नमानेको कुरा सार्वजनिक भएपछि उनका प्रशंसकहरूबाट आलोचित बनेकी थिइन्। कसैको धार्मिAnju-panta2क आस्थामाथि चोट पुर्याउने र होच्याउने लक्ष्य नभएको भन्दै गायिका पन्तले सामाजिक सञ्जालबाट प्रेस वक्तव्य जारी गरेर स्पष्टिकरण दिएपछि विवाद मत्थर भएको थियो।

सहारा साँझमा नबिर्से तिमीलाई, तिर्खा लाग्यो पानी खाएं लगायत गीत गाएकी पन्तले सहारा एकेडेमी पोखरालाई आफ्नो पारिश्रमिकबाट १ लाख रूपैया सहयोग गरिन्। कार्यक्रममा गायक तथा नायक यशकुमार,भलिबल सुन्दरी तथा नायिका सिपोरा गुरूङ, लोक दोहोरी गायक गायिका इनमाया गुरूङले गीत संगीत तथा कला प्रस्तुत गरेका थिए।

हेर्नुस भिडियो: