२८ आश्विन २०८३, बुधबार

नम्रता र रिमाको लभ ब्रेक, को थिए ब्याइफ्रेण्ड ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

reema-and-samir

नायिकाद्वय रीमा विश्वकर्मा र नम्रता सापकोटा फिल्मी क्षेत्रमा त अपेक्षा अनुरुप अगाडि बढ्न सकेनन् नै, उनीहरुको प्रेम पनि असफल भएको खबर सार्वजनिक भएको छ ।

रिमा मोडल तथा व्यापारी अमिर सेखसँग लामो समयदेखि प्रेममा थिइन्। ‘ऋतु’को प्रिमियरमा उनीहरुको प्रेम छचल्किएको थियो। विवाहको बिषयमा मनमुटाव भएपछि उनीहरुको लभ ब्रेक भएको बताइन्छ ।

namrata-and-sagar

यता, सागर श्रेष्ठको प्रेममा डुबेकी नम्रता पनि एक्लो भएकी छिन । सागरसँग डेटमा रमाएका तस्विरहरुले नम्रताको फेसबुक टाइमलाइन रंगिएको हुन्थ्यो तर अब यो लगभग इतिहास भएको छ। जसको स्वीकारोक्ति नम्रता आफैले समेत गरेकी छिन् । उनले एक अनलाइनसँगको कुराकानीमा ‘कुनै पनि सम्बन्ध दिगो हुँदैन र विचार मिल्दैन भने नजिक हुनुको अर्थ नभएको’ प्रतिक्रिया दिएकी छिन्।