काठमाडौँ, १३ असोज । एनसेलले ‘हामी केयर गर्छौं’ नामक व्यवसायिक सामाजिक योजनाको घोषणा गरेको छ । एनसेलले जनस्वास्थ्य सेवामा योगदान गर्ने उद्देश्यसहित यस्तो योजना घोषणा गरेको हो ।
एनसेलले यस सामाजिक योजनाअन्तर्गत त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल र मनमोहन हृदय तथा प्रत्यारोपण केन्द्रलाई ३ करोड रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ ।
एनसेलका सुरक्षा निर्देशक महेन्द्र भट्टचनले सोमबार राजधानीमा एक कार्यक्रमबीच डेढ करोड रुपैयाँको चेक मनमोहन हृदय तथा प्रत्यारोपन केन्द्रका कार्यकारी निर्देशक डाक्टर रत्नराज पौडेललाई हरुतान्तरण गर्नुभयो ।
एनसेलले मनमोहन हृदय तथा प्रत्यारोपण केन्द्रलाई अत्याधुनिक सघन हृदय उपचार इकाई बनाउन डेढ करोड रुपैयाँ प्रदान गरेको हो ।
त्यसैगरी शिक्षण अस्पतालमा मृगौला तथा डायालाइसिस केन्द्र बनाउनका लागि डेढ करोड रुपैयाँ सहयोग प्रदान गरेको हो ।
एनसेलकी कर्पोरेट कम्युनिकेसन्स निर्देशक सञ्जु कोइरालाले बिरामी पर्दा सुलभ रुपमा राम्रो सेवा दिने अस्पतालको आवश्यकता हुने भन्दै यस्ता अस्पतालहरु अत्याधुनिक सुविधाले सम्पन्न तथा सर्वसाधारणको पहुँचभित्र हुनुपर्ने बताउनुभयो ।
‘
उहाँले सहयोगबाट बन्ने पूर्वाधारले आम नेपालीलाई मुटु तथा मृगौला सम्वन्धी अत्याधुनिक उपचार स्वदेशमै सहज ढंगबाट उपलब्ध गराउने विश्वास व्यक्त गर्नुभयो ।
मनमोहन हृदय तथा प्रत्यारोपण केन्द्रका मुटु शल्यक्रिया विभागका प्रमुख डाक्टर भगवान कोइरालाले एनसेललाई सहयोगका लागि धन्यवाद दिनुभयो ।













प्रतिक्रिया