कलाकार हुनका लागि सिर्जनात्मक खुबी नै चाहिन्छ । तर, चलचित्र उद्योगमा केही यस्ता कलाकार छन्, जो कलाले भन्दा पनि छालाले टिकेका छन् ।
भारतीय संचारमाध्यमले केही यस्ता कलाकारको नाम सार्वजनिक गरेको छ, जो कला देखाउँदैनन्, छाला देखाएर आफूलाई कलाकारका रुपमा चर्चा कमाउँछन् । को को हुन त ती नायिका ?

नर्गिस फाखरी
नर्गिस भारतीय चलचित्र क्षेत्रकी अति सुन्दरी नायिका हुन् । उनको सुन्दरताको टिप्पणी गर्ने कहीँ ठाउँ छैन । तर, भारतीय मिडिया टिप्पणी गर्छन, चलचित्र ‘रकस्टार’ मा उनको अभिनय हेर्ने हो भने उनले अभिनय यात्रा परित्याग गरे हुन्छ ।
सनी लियोन
मिडियाका लागि सनी लियोन त सँधै हटकेक नै हुन्छिन् । उनी छाला देखाएरै तीब्रताका साथ चर्चाको शिखरमा पुगेकी हुन् । जबकी उनको अभियनमा खासै दम देखिन्न । ‘जिस्म–२ र जैकपाट मा उनको अभिनय निकै खराव थियो । सबैतिर उनको लोकप्रियता एडल्ट फिल्मका कारण मात्र कायम छ।
पूनम पाण्डे
सनी लियोनलाई छाला देखाउन टक्कर दिने अर्की नायिका हुन्, पूनम पाण्डे । चलचित्र नशा बाट उनी बलिउड प्रवेश गरेकी हुन् । तर, जसले यो चलचित्र हेरे उनीहरुका लागि यो भयावह अनुभव थियो ।
मल्लिका शेरावत
मल्लिका शेरावतले बलिउडमा के गरेकी छन् सबैलाई थाहा छ । उनको अभिनयमा कुनै दम छैन । भारतीय दर्शकलाई आफ्नो अभिनयबाट त्रसित बनाएपछि अब उनी विदेशी दर्शकलाई यातना दिन निस्केकी छन् ।

जरीन खान
कैटरिना कैफजस्तै देखिने युवती हुन्, यिनी । सलमान खानको साथ नहट्ने हो भने दर्शकलाई जरीन खानलाई पनि हिरोइनका रुपमा सामना गर्न गर्नुपर्नेछ ।
सोनम कपुर
सोनम कपुर पनि यस्तै पात्र हुन्, जसको स्टाइल निकै मज्जाको छ । तर, जब अभियनको कुरा हुन्छ, तब उनलाई जिरो अंक दिए हुन्छ ।
एजेन्सी

















प्रतिक्रिया