काठमाडौ, ९ असोज । दक्षिण कोरियामा जारी १७ औं एसियाली खेलकुदमा भाग लिन गएका दुई नेपाली खेलाडीहरु शुक्रबार भागेका छन् । शुक्रबार उसुका दुई खेलाडीहरु भागेको रहस्य खुलेको हो ।
शुक्रबार नेपाल फर्कने उसु टिमलाई सेफ डे मिसनले बिदाई गर्ने क्रममा उनीहरु भागेको रहस्य खुलेको हो ।
सोमवीर गत मंगलबारदेखि नै भागेको भए पनि उसु व्यवस्थापक चन्द्र तामाङले कुनै जानकारी नदिइ टिमलाई लिएर नेपाल फर्कदै गरेको खुलेको छ ।
ओलम्पिक टिमले केरकार गर्दै जाँदा तामाङले सोमवीर मंगलबार नै भागेको र निराजन बुधबार भागेको स्वीकारेका थिए । निराजन रिन्जी शेर्पासँग तथा सोमवीर दानवीर महर्जनसँग एउटै कोठामा बस्दै आएका थिए ।
दुई दिनसम्म पनि कुनै जानकारी नदिइ खेलाडी भगाउन मद्दत गरेको भन्दै ओलम्पिक कमिटीले व्यवस्थापक चन्द्र तामाङलाई नियन्त्रणमा लिए पनि पछि भने कागज गराइ नेपाल फर्कन दिएको थियो ।













प्रतिक्रिया