२८ आश्विन २०८३, बुधबार

महिला क्रिकेटमा पनि नेपालले पदक जित्न सकेन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, ८ असोज । दक्षिण कोरियाको इन्चोनमा जारी १७ औं एसियाली खेलकुद अन्तरगत महिला क्रिकेटको क्वार्टरफाइनलबाटै नेपाल बाहिरिएको छ । बुधबार भएको खेलमा बंगलादेशसँग ८१ रनले पराजित भएपछि नेपाल बाहिरिएको हो ।

बंगलादेशले दिएको १०८ रनको लक्ष्य पछ्याएको नेपालले १५.३ ओभरमा २६ रन जोड्दा सबै विकेट गुमायो । नेपालका कुनै पनि व्याट्सवुमनले अंक जोड्न सकेनन् ।

नेरी थापाले सर्वाधिक ८ रन जोडिन् । सरिता मगर र रेखा रावलले समान २–२ रन जोडिन् ।

यसअघि पहिले व्याटिङ गरेको बंगलादेशले अयाशा रहमानको अर्धशतकको मद्तमा निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १०७ रन बनाएको थियो । अयाशाले ६० बलमा अविजित ५१ रन बनाइन् ।