२८ आश्विन २०८३, बुधबार

गायक शैलन्द्रको कस्तो बेला सार्वजनिक

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, ७ असोज । गायक तथा संगितकार शैलेन्द्र प्रधान बावु को नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । युवावस्थामा युवायुवती बिचको प्रेम सम्वेदनालाई म्युजिक भिडियोमा उतारिएको छ ।

कस्तो बेला बोलको उक्त गितलाई ग्राफिक डिजाइनर तथा म्युजिक भिडियो डाइरेक्टर जीवन थापाले सचित्र उतार्ने प्रयास गरेका छन् । डाक्टर बद्रि पोख्रेलको शब्द तथा भरत सिटौलाको संगितमा तयार भएको उक्त गितको म्युजिक भिडियोमा आयुशा राई र जीवन भट्टराईले अभिनय गरेका छन् ।

वाइ पी घिमिरेको छायांकनमा तयार भएको म्युजिक भिडियो मल्टि मेट प्रालि ले बजारमा ल्याएको हो ।
भिजुयल इफेक्टको प्रशस्त प्रयोग गरि तयार पारिएको म्युजिक भिडियोमा उक्त गितले अहिले बजारमा चर्चा समेत पाएको छ । जीवन थापाले आफ्नै निर्देशन र सम्पादनमा तयार पारिएको अन्य म्युजिक भिडियो समेत बजारमा ल्याउने तयारी गरेका छन् ।