काठमाडौँ, ७ असोज । दक्षिण कोरियामा जारी १७औं एसियाली खेलकुदको मंगलबार बिहान मुन्हाक ताइह्वान एक्वाटिक्स सेन्टरमा भएको पौडीतर्फको पुरुष ५० मिटरको फ्रि स्टाइलमा नेपालका कीर्तिमानी शिरिष गुरुङ्ग र मिराज प्रजापतिले खराब प्रदर्शन गरेका छन् ।
शिरिषले निर्धारित दूरी २७ दशमलव २३ सेकेन्डमा पार गर्दै व्यक्तिगत प्रदर्शनमा केही सुधार गर्न भ्याए । उनको प्रदर्शनमा शुन्य दशमलव शुन्य दुई सेकेन्डले सुधार भएपनि उनी हिट चरणबाटै बाहिरिन पुगे ।
दोस्रो नम्बरको हिटमा उनी चौथो हुँदा २८ दशमलव ०८ सेकेन्डमा दूरी सकाएका मिराज सात खेलाडीमध्ये छैटौं भए । उनले व्यक्तिगत प्रदर्शनमा समेत सुधार गर्न सकेनन् । यसअघि उनको व्यक्ति उच्च प्रदर्शन २७ दशमलव २३ सेकेन्डको थियो ।
एशियाली खेलकुदमा पहिलोपटक सहभागिता जनाएको फेन्सिङ्गमा पनि नेपालले राम्रो पर्दशन गर्न सकेन ।
गोयाङ्ग जिम्नेजियममा भएको खेलमा रामबहादुर शाहीले सर्वाकि ५ टच लिन भ्याए । जंग गिरीले ४ र राजेन्द्र श्रेष्ठले २ टच लिए ।













प्रतिक्रिया