२८ आश्विन २०८३, बुधबार

तिब्बती नागरिकद्वरा आत्मदाह

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

tibet-map

बेइजिङ, ६ असोज । एकजना तिब्बती नागरिकले आत्मदाह गरेको समाचार छ । उत्तर पश्चिमी चीनमा ती तिब्बती नागरिकले आत्मदाह गरेको समाचारमा जनाइएको छ ।

उनले आइतबार आफैमाथि आगो लगाएर आत्मदाह गरी देहत्याग गरेको चीनबाट विदेशी सञ्चारमाध्यमहरुले जनाएका छन् ।

तिब्बतमा चिनियाँ शासनको विरोध गर्दै उनले आत्मदाह गरेका बताइएको छ । उनले आत्मदाह गर्नुअघि स्वतन्त्र तिब्बतको नारा लगाएका थिए ।

उत्तरपश्चिमी चीनको हेजाउ जिल्लामा रहेको एक प्रहरी पोष्टको अगाडि ती विद्यार्थी ल्हामो तासीले आत्मदाह गरेका सञ्चारमाध्यमले जनाएका छन् ।

चीनमा सन् २००९ देखि आजसम्ममा कम्तीमा पनि १३० जना तिब्बती नागरिकले आत्मदाह गरेका अधिकारवादीहरुले जनाएका छन् ।

बेलायतमा कार्यालय रहेको फ्रि तिब्बत गु्रपले सो जानकारी दिएको छ । गत अप्रिलमा पनि सो क्षेत्रमा एकजना तिब्बती नागरिकले आत्मदाह गरेका थिए । रासस/एएफपी