मुम्बई । नयाँ दिल्लीका एक दाजुभाईले भारतको चर्चित रियालिटी गेम शो ‘कौन बनेगा करोडपति’ मा ७ करोड रुपैयाँ जितेका छन् ।
नयाँ दिल्लीका अचिन र सार्थक नरुला करोडपति बनेका हुन् । उनीहरुले खेलमा सोधिने सबै १४ वटा प्रश्नको जवाफ दिएका थिए । भारतीय मिडियाका अनुसार, अचिन मार्केटिङ्ग म्यानेजरका रुपमा काम गर्छन् भने उनका भाई सार्थक विद्यार्थी हुन् । विगत दशबर्षदेखि अचिन यस खेलमा आउन प्रयासरत थिए । तर, उनीसँगै अन्तिम चरणको फास्टेस्ट फिंगर फस्टमा पुगेर फ्याँकिने गरेका थिए ।
यस सिजनको सार्वाधिक धनराशी जित्ने उनीहरु नै पहिलो प्रतियोगी भएको बताइएको छ । कौन बनेगा करोडपतिका होस्ट बलिवुड स्टार अमिताभ बच्चनले यी दुईभाईलाई ट्वीटरमार्फत बधाई दिएका छन् ।














प्रतिक्रिया