२८ आश्विन २०८३, बुधबार

ब्याडमिन्टनको पुरुष टिम ईभेन्ट्मा नेपालको जित

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

asaid-korea

काठमाडौँ, ४ असोज । दक्षिण कोरियाको इन्चोनमा जारी १७ औं एशियाली खेलकुदमा नेपालले ब्याडमिन्टनको पुरुष टिम ईभेन्ट्को खेलमा विजय सुरुवात गरेको छ ।

टिम ईभेन्टस्को खेलमा ३–० को जित हात पार्दै नेपालले क्वाटरफाइनलको स्थान सुरक्षित गरेको छ ।

रत्नजित तामाङले मकाउका खेलाडी चि वाई वानलाई २१–१२, २१–१६ ले, विकास श्रेष्ठले यु लिउङ्गलाई २१–११, २१–१६ ले र साजन कृष्ण ताम्राकारले होक मान लोउमाथी १२–२१, २१–४ र २१–१८ को जित निकाल्दै नेपाललाई जिताएका हुन् ।

टेनिसलगायतका अन्य खेलमा भने नेपालले हार व्यहोरेको छ ।