काठमाडौं, ४ असोज । चिलिमे जल विद्युत केन्द्रको उत्पादन बन्द भएको छ ।
नेपाल विद्युत प्राधिकरणको केन्दीय प्रशारण लाईनमा जोड्न लागेको विद्युतीय तारमा आएको खराबीले उक्त आयोजना बन्द भएको हो ।
बिहीबार राति १० बजेदेखि उत्पादन अबरुद्ध भएको बताइएको छ ।
केन्द्रीय प्रशारण लाईनमा जोड्न लागेको तार विद्युतीय खम्बा अन्तरगत रसुवामा रहेको ५० नम्बर र नुवाकोटमा रहेको ९९ र १ सय २ मा नम्बरको खम्बा समस्या देखिएको केन्द्रले जनाएको छ ।
समस्या देखिएको मध्ये रसुवामा रहेको ५० नम्बरको खम्बाको मर्मत सम्पन्न भइसकेको छ भने नुवाकोटमा पर्ने ९९ र १ सय २ मा नम्बरको खम्बाको भने शनिबार मात्र मर्मत हुने भएको छ ।
चिलिमेको उत्पादन बन्द हुदाँ बिहीबार राति देखि नै रसुवाको सदरमुकाम धुञ्चे सहित विभिन्नि गाविसमा विद्युत सेवा अबरुद्ध भएको छ ।
चिलिमे जलविद्युत केन्द्रंले २२ मेगावाट क्षमताको विद्युत उत्पादन गर्दै आएको छ ।
यस अघि ६६ घण्टा अबरुद्ध हुदाँ एक करोड एक लाख रुपैयाँ गुमाएको थियो ।
लगातार चिलिमे अबरुद्ध हुदाँ शेयर मूल्य समेत ठूलो मूल्यले गिरावट आएको छ ।














प्रतिक्रिया